सेन्साई को "नयाँ वर्ष‚ भाग्यको वर्षा" योजना सार्वजनिक

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुकोे नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै “नयाँ वर्ष‚ भाग्यको वर्षा“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ । यस बर्ष आफ्नो भाग्य चम्काउने मौका दिएको छ सेन्साई ले ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरु जित्न सक्नेछन । १  भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाईक‚ २ भाग्यशाली ग्राहकहरुले एप्पल म्याकबूक एयर ल्यापटप‚ ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड जित्न सकिने छ।        
साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन क्भ्ल्क्भ्क्ष् टाईप गरि आफ्नो नाम‚ ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्.एम.एस् गर्नुपर्नेछ । कम्पनीले यो योजना चैत्र १०‚ २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ