नयाँ बर्षमा गोडरेजको "क्यास ब्याक" अफर

६५ बर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ बर्ष २०८० लाई लक्षित गरी "क्यास ब्याक" योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । 
ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६% सम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरुमा १० बर्ष को कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।

नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।