नयाँ बर्षको TCL मय सुरुवात

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले "नयाँ बर्षको TCLमय सुरुवात!" योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले  जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ५९,००० सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा रु. १९,००० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. २७,४०० सम्मको छुटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन। र रेफ्रिजेरेटरको खरिदमा रु. ३३,४००को  छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर  उपहार पनि पाउन सक्नेछन। त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ५३,७०० सम्मको  छुटका साथै रु ४,००० बराबरको नि:शुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,९०० सम्मको  छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,८००  सम्मको  छुट पाउन सक्नेछन।      

यसका साथै कम्पनीले फ्री डेलिभरी‚ फ्री इन्स्टलेशन एन्ड डेमो  र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।  

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल‚ कुमारीपाटी‚ भक्तपुर राधे राधे‚ किर्तिपुर‚ रबिभवन‚ हातिगौडा‚ त्रिपुरेश्वर‚ नयाँ बजार र काठमाडौं बाहिर इटहरी‚ हेटौंडा‚ भरतपुरमा रहेका छन।