GET SET GODREJ

६४ बर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो नयाँ बर्षलाई लक्षित गरी "GET SET GODREJ" नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको  होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१% सम्मका छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वाशिङ पाउडर पनि पाउन सकिनेछ भने माईक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। 

साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको नि:शुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपाल अधिराज्यभर गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।