ब्लाक प्लस डेकरको "BIG DELIGHT"योजना सार्वजनिक

नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक प्लस डेकरले यो नयाँ बर्षलाई लक्षित गरी "BIG DELIGHT" नामक योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले ब्लाक प्लस डेकरको साना होम एप्लायन्सहरु को खरिदमा बिभिन्न आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले ब्लाक प्लस डेकरको एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ भने माईक्रोवेभ ओभनको खरिदमा कूकिङ किट नि:शुल्क प्राप्त गर्न सक्नेछ। र त्यसै गरी ब्लाक प्लस डेकरको अरु सबै सामानहरुको खरिदमा ब्लाक प्लस डेकरको गुणस्तरिय किचेन एपरोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक प्लस डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक प्लस डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक प्लस  डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक प्लस डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ