बेको को "Set A New Tradition" योजना बजारमा सार्वजनिक

यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै "Set A New Tradition" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा १ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेटका साथै पिजन फ्रइ प्यान उपहार पाईन्छ।

उक्त योजना चैत्र ११ २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको  सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल माफर्त उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल,कुमारीपाटी,भक्तपुर राधे राधे,किर्तिपुर,रबिभवन,हातिगौडा,त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी,हेटौंडा,भरतपुरमा रहेका छन।