BLACK+DECKER का सामान खरीदमा हरेक हफ्ता उपहार

घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड BLACK+DECKER ले आफ्नो ग्राहकहरूको लागि नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै "New Joys, New Celebrations" नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले BLACK+DECKER का साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्नु हुनेछ।

BLACK+DECKER को कुनै पनि उपकरणको खरीदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले BLACK+DECKER को उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्नुहुनेछ। यस योजनामा सहभागी हुन ग्राहकबर्गहरुले विज्ञापनमा दिइएको QR CODE स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ । र साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सक्नुहुनेछ । यसका साथसाथै BLACK+DECKER का उपकरणहरुको तीस हजार माथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र BLACK+DECKER लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ ।

यो योजना चैत्र २७ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर BLACK+DECKER ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।