केन्टका कीटाणुनाशक उपकरणको माग बढ्दो, यी हुन् सामग्री

बजारमा केन्टका कीटाणुनाशक उपकरण (डिसइन्फेक्टेन्टहरू) माग बढ्दो क्रममा रहेको सि.जी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्रालीले बताएको छ। केन्टको सजिलै आँखाले नदेख्ने ब्याक्टेरिया हटाउन, फलफूल/तरकारीहरूलाई सुरक्षित राख्न र कोठा, गाडीेभित्रको हावा ताजा र स्वस्थ राख्न मद्दत पुर्याउने उपकरण छन्। जुन यहाँ दिइएको छः

केन्ट अटो सेनिटाइजर

हातले नछोइ यो सेनिटाइजरबाट हातहरू सफा गर्न सकिन्छ। यो उपकरणमा स्मार्ट इन्बिल्ट इन्फ्रारेड सेन्सर जडान गरिएको छ। केन्ट अटो सेनिटाइजरमा १२ लिटरको स्टोरेज क्षमता रहेको छ।

केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणः

यस उपकरणले साग–सब्जी , फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ।
यसले तरकारी र फलफूलहरू सफा र सुरक्षित बनाउँछ।

यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी छ। जसले हानिकारक कीटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू कीटाणु रहित बनाउँछ।

केन्ट ओजोन एयर डिसइन्फेक्टेन्टहरूः

यो उपकरणबाट गाडीलाई ब्याक्टेरियाहरू र भाइरसहरू मुक्त बनाउन सकिन्छ। कोठा तथा गाडीको हावा ब्याक्टेरियाहरू र भाइरसहरूबाट मुक्त राख्न केन्ट ओजोन एयर डिसइन्फेक्टेन्ट उपयोगी हुने कम्पनीको विश्वास छ।

कम्पनीकाअनुसार कीटाणुनाशक उपकरणहरूको अतिरिक्त, केन्टका पानी प्रशोधक (प्युरिफायर), एयर प्युरिफायर र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन्।