गोदरेजको फेस्टिभ अफर, २५%सम्म क्यास ब्याक

नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्राण्ड मध्येको एक गोदरेज एपलायन्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अफरहरु सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडलाई लक्षित गरी गोदरेजले ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’को नारासहित २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो । 

नेपाली बजारमा गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामाग्रीहरु उपलब्ध छन् । गोदरेजले आफ्नो नयाँ उत्पादन डिसइन्फेक्टर भाइरोसिल्ड बजारमा ल्याएको छ । नेपाली बजारमा पनि उपलब्ध भाइरोसिल्डले कोरोनाभाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्दछ ।

भाइरोसिल्डमा विभिन्न वस्तु जस्तैः खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेवल, वालेट, पर्स, गोल्ड अर्नामेन्ट, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टस्लाई डिसइन्फेक्ट गर्दछ ।  गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इओएल रहेको छ ।